images
images

उद्योग मन्त्री नहुँदा यो क्षेत्र उपेक्षित भएको महशुस भएको छ : शेखर गोल्छा


  • 470
    SHARES
  • २०७८ मंसिर १५ गते बुधबार

    उद्योग मन्त्री नहुँदा यो क्षेत्र उपेक्षित भएको महशुस भएको छ : शेखर गोल्छा

    काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले लामो समयसम्म उद्योग मन्त्रालय खाली हुँदा यो क्षेत्रले उपेक्षित महशुस गरेको बताएका छन् ।

    नेपाल आर्थिक पत्रकार समाज (सेजन)को २५ औं स्थापना दिवसका अवसरमा राजधानीको मेरियट होटलमा आयोजित कार्यक्रममा बोल्दै गोल्छाले सरकार बनेको चार महिनासम्म पनि मन्त्रालयमा मन्त्री नियुक्ति नहुँदा उनले सरकारले औद्योगिक र व्यवसायिक क्षेत्रलाई वेवास्ता गरेको महशुस गरेको उल्लेख गरेका हुन्।

    यति लामो समयसम्म मन्त्री नियुक्त नहुँदा औद्योगिक विकासमा बाधा पुगेको छ । पछिल्लो समय विद्युतको उत्पादन बढेपनि उद्योग व्यवसाय फस्टाउन नसक्दा विद्युत् त्यतिकै खेर गएको गोल्छाको भनाइ थियो । भारतमा सस्तोमा बिजुली बेच्नुभन्दा स्थानीय स्तरमा औखेगिक विकास गर्नुपर्ने माग गोल्छाको थियो ।


    images

    Logo