काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ९४ हजार ७ सयमा रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बिहिबार प्रतितोला १ लाख ९५ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज ८ सय रुपैयाँले घटेर १ लाख ९४ हजार ७ सय रुपैँयामा कायम भएको महासंघले जनाएको छ ।
यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलामा ५० रुपैयाँले घटेर तोलाको २१५० रुपैयाँमा कारोबार भइरहेको छ ।