काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । आज छापावाला सुनको मूल्य प्रतितोला १लाख ९३ हजार ५ सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सोमबार प्रतितोला १ लाख ९५ हजार २ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज १७ सय रुपैयाँले घटेर १ लाख ९३ हजार ५ सय रुपैँयामा कायम भएको महासंघले जनाएको छ ।
यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलामा १० रुपैयाँले घटेर तोलाको २१६० रुपैयाँमा कारोबार भइरहेको छ ।