images
images

११ महिनामा नेपालबाट विदेशीले लगे साढे ८ अर्ब रेमिट्यान्स


  • 464
    SHARES
  • २०८२ आषाढ १३ गते शुक्रबार

    ११ महिनामा नेपालबाट विदेशीले लगे साढे ८ अर्ब रेमिट्यान्स

    काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को १० महिनामा नेपालले रेमिट्यान्समार्फत झण्डै १३ खर्ब ५० अर्ब रुपैयाँ आम्दानी गरेको छ । तर, नेपालमा मात्र विप्रेषण आउने होइन, यहाँ काम गर्ने विदेशी कामदारले पनि ठूलो मात्रामा पैसा आफ्ना मुलुक पठाउने गरेका छन् ।

    नेपाल राष्ट्र बैंकको तथ्याङ्कअनुसार चालु आवको साउनदेखि वैशाखसम्मको अवधिमा नेपालमा कार्यरत विदेशी नागरिकहरूले आठ अर्ब ४६ करोड रुपैयाँ रेमिट्यान्सको रूपमा बाहिर पठाएका छन् । यो रकम केवल बैंकमार्फत पठाइएको हो । अनौपचारिक माध्यमबाट अझ धेरै रकम बाहिरिने अनुमान गरिन्छ, विशेषगरी भारतबाट आएका कामदारहरूले नेपालबाट तलब लिएर जाने गरेकाे पाइन्छ ।

    नेपालमा कानुनी रुपमा श्रम स्वीकृति लिएर काम गर्ने विदेशीहरूको संख्या दुई हजारभन्दा बढी पुगेको छ । श्रम तथा व्यवसायजन्य सुरक्षा विभागका अनुसार चालु वर्षको ११ महिनामा दुई हजार ३६७ जनाले श्रम स्वीकृति लिएका छन्, जसमध्ये ८१५ जनाले नयाँ स्वीकृति र १,५४२ जनाले पुरानै श्रम स्वीकृति नवीकरण गरेका छन् । अघिल्लो वर्ष सोही अवधिमा दुई हजार ३३६ जनाले श्रम अनुमति लिएका थिए । यसबाट एक वर्षमा ३१ जना विदेशी कामदारको संख्या वृद्धि भएको देखिन्छ ।


    images

    Logo