images
images

आर्थिक वर्ष २०८१/८२ : ११ प्रतिशतले बढ्यो राजस्व संकलन, पुँजीगत खर्च दुई तीहाई भन्दा कम


  • 666
    SHARES
  • २०८२ श्रावण १ गते बिहीबार

    आर्थिक वर्ष २०८१/८२ : ११ प्रतिशतले बढ्यो राजस्व संकलन, पुँजीगत खर्च दुई तीहाई भन्दा कम

    काठमाडौं । हिजोदेखि सकिएको आर्थिक वर्ष २०८१/०८२ मा ११ खर्ब ७८ अर्ब ८२ करोड रुपैयाँ राजस्व सङ्कलन भएको छ । यो अघिल्लो वर्षको भन्दा १ खर्ब २० अर्ब अर्थात ११.३३ प्रतिशतले बढी हो ।

    आर्थिक वर्ष २०८०/०८१ मा १० खर्ब ५८ अर्ब राजस्व सङ्कलन भएको थियो । आर्थिक वर्ष २०८१/०८२ मा १४ खर्ब १९ अर्ब राजस्व सङ्कलन गर्ने लक्ष्य थियो ।

    अर्धवार्षिक समीक्षामा संशोधन गरी १२ खर्ब ८६ अर्बको लक्ष्य तय गरिएकोमा संशोधित लक्ष्य अनुसार ९१.६० प्रतिशत राजस्व सङ्कलन भएको छ ।

    विपद्, अन्तर्राष्ट्रिय परिस्थितिले गर्दा चुनौतीहरू हुँदाहुँदै पनि अघिल्लो आर्थिक वर्षको तुलनामा उत्साहजनक रूपमा राजस्व सङ्कलन भएको अर्थ मन्त्रालयले दाबी गरेको छ ।

    महालेखा नियन्त्रक कार्यालयका अनुसार गएको आर्थिक वर्षमा सरकारले लक्ष्यको ८२ प्रतिशत मात्र बजेट खर्च गर्न सकेको छ । असार मसान्तसम्म १५ खर्ब २३ अर्ब १० करोड रुपैयाँ बराबरको खर्च भएको हो ।

    पूँजीगत खर्च यसपालि पनि निराशाजनक रह्यो । गएको आर्थिक वर्षमा तीन खर्ब ५२ अर्ब विनियोजन भएकोमा खर्च दुई खर्ब २२ अर्ब अर्थात् लक्ष्यको ६३.२ प्रतिशत मात्र खर्च भएको छ ।


    images

    Logo