images
images

कैलाली भन्सारमा आठ अर्ब ६६ करोड ९८ लाख राजस्व सङ्कलन


  • 390
    SHARES
  • २०८२ श्रावण २ गते शुक्रबार

    कैलाली भन्सारमा आठ अर्ब ६६ करोड ९८ लाख राजस्व सङ्कलन
    अत्तरिया (कैलाली) । कैलाली भन्सार कार्यालय धनगढीले आठ अर्ब ६६ करोड ९८ लाख राजस्व सङ्कलन गरेको छ । भन्सार कार्यालयले आर्थिक वर्ष २०८१/८२ को साउनदेखि असार मसान्तसम्मको एक वर्षको अवधिमा सो राजस्व सङ्कलन गरेको हो ।
     
    आर्थिक वर्ष २०८१/८२ मा कार्यालयको रु ११ अर्ब १६ करोड २६ लाख राजस्व सङ्कलनको वार्षिक लक्ष्य रहेकामा  आठ अर्ब ६६ करोड ९८ लाख अर्थात् ७७ दशमलव ६७ प्रतिशतमात्रै राजस्व सङ्कलन भएको भन्सार कार्यालयका सूचना अधिकारी खिमप्रसाद अर्यालले जानकारी दिए। 
     
    उनका अनुसार भन्सार महसुलतर्फ  तीन अर्ब २३ करोड ९९ लाख, मूल्य अभिवृद्धि करतर्फ रु तीन अर्ब २३ करोड १५ लाख, अन्तःशुल्कतर्फ रु २१ करोड ४४ लाख र अन्यतर्फ रु एक अर्ब ९८ करोड ३९ लाख राजस्व सङ्कलन भएको छ ।
     
    सूचना अधिकारी अर्यालका अनुसार आर्थिक वर्ष २०८१/८२ को साउनमा रु ५७ करोड ५० लाख, भदौमा रु ५३ करोड ८४ लाख, असोजमा रु ६७ करोड २४ लाख, कात्तिकमा रु ६२ करोड ७८ लाख, मङ्सिरमा रु ८१ करोड १३ लाख र पुसमा रु ६५ करोड ८७ लाख राजस्व सङ्कलन भएको छ ।
     
    त्यस्तै माघमा रु ७३ करोड दुई लाख, फागुनमा रु ७२ करोड ७६ लाख, चैतमा रु ७८ करोड १४ लाख, वैशाखमा रु ८१ करोड ८० लाख, जेठमा रु ८७ करोड १३ लाख र असारमा ८५ करोड ६९ लाख राजस्व सङ्कलन भएको उहाँले जानकारी दिए ।
     
    कार्यालयले अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा पनि लक्ष्यअनुसारको राजस्व सङ्कलन गर्न सकेको थिएन । अघिल्लो आर्थिक वर्षमा रु ११ अर्ब ५८ करोड २४ लाख वार्षिक राजस्व सङ्कलनको लक्ष्य रहेकामा रु सात अर्ब ९१ करोड ८० लाखमात्रै राजस्व सङ्कलन भएको सूचना अधिकारी अर्यालले जानकारी दिए। जुन वार्षिक लक्ष्यको ६८ दशमलव ३६ प्रतिशतमात्रै थियो ।


    images

    Logo