images
images

दरमखोला हाइड्रो इनर्जीको आईपीओ आजदेखि, कहिलेसम्म भर्न पाइने ?


  • 472
    SHARES
  • २०८२ श्रावण १५ गते बिहीबार

    दरमखोला हाइड्रो इनर्जीको आईपीओ आजदेखि, कहिलेसम्म भर्न पाइने ?

    काठमाडौं । दरमखोला हाइड्रो इनर्जीको आईपीओ आजदेखि निष्काशन हुँदैछ । कम्पनीले सर्वसाधारणलाई २४ लाख २३ हजार १ सय ८५ कित्ता शेयर निष्काशन गर्न लागेको हो।

    कम्पनीले पहिलो चरणमा आयोजनाबाट प्रभावितहरूलाई १० लाख ३० हजार ५०० कित्ता र वैदेशिक रोजगारी गएका नेपालीलाई २ लाख ९१ हजार १५० कित्ता शेयर बाँडफाँड गरिसकेको छ। त्यस्तै, अब कम्पनीले दोस्रो चरणमा बाँकी रहेको  २९ लाख १९ हजार ५०० कित्तामध्ये कम्पनीका कर्मचारीलाई ५८ हजार ३९० र सामूहिक लगानी कोषलाई १ लाख ४५ हजार ९७५ कित्ता सुरक्षित राखिएको छ। बाँकी रहेको २४ लाख २३ हजार १८५ कित्ता शेयर सर्वसाधारणमा निष्काशन गरिने कम्पनीले जनाएको छ।

    कम्पनीको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सकिनेछ। यस्तो निष्काशन बन्द छिटोमा साउन १९ गतेसम्म हुनेछ भने ढिलोमा साउन २९ गते हुनेछ । आईपीओको बिक्री प्रबन्धकको जिम्मा लक्ष्मी सनराइज क्यापिटललाइ दिइएको छ ।


    images
    images

    Logo