काठमाडौं । सिटि होटेलले बुक क्लोजको मिति तय गरेको छ । हकप्रद निष्काशनका लागि कम्पनीले साउन २७ गते बुक क्लोज गर्ने निर्णय गरेको छ ।
जस अनुसार साउन २६ गतेसम्म कायम शेयरधनीले मात्र कम्पनीको हकप्रदमा आवेदन दिन सक्ने छन् । कम्पनीले १ः०.८को अनुपातमा हकप्रद शेयर निष्काशन गर्न लागेको हो । कम्पनीले प्रति शेयर १०० रुपैयाँको दरले १ अर्ब ३३ करोड ९२ लाख रुपैयाँबराबरको १ करोड ३३ लाख ९२ हजार कित्ता हकप्रद शेयर निष्काशन गर्ने भएको छ ।
कम्पनीको हकप्रद निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ ।