images
images

माबिलुङ्ग इनर्जीको आईपीओ साउन २६ गतेदेखि


  • 803
    SHARES
  • २०८२ श्रावण १९ गते सोमबार

    माबिलुङ्ग इनर्जीको आईपीओ साउन २६ गतेदेखि

    काठमाडौं । माबिलुङ्ग इनर्जी लिमिटेडको आईपीओ साउन २६ गतेदेखि निष्काशन हुने भएको छ । कम्पनीले दोस्रा् चरणमा सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो।

    कम्पनीले स्थानिय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालिहरुका लागि यसअघि नै आईपीओ निष्काशन गरेर बाँडफाँड गरिसकेको छ । 

    कम्पनीले नेपाल धितोपत्र बोर्डबाट जारी पूँजी ३८ करोड ५८ लाख २४ हजार रुपैयाँको ४८.९९९८ प्रतिशत अर्थात १८ करोड ९० लाख ५३ हजार रुपैयाँ बराबरको १८ लाख ९० हजार ५३० कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो।

    सो आईपीओमा न्यूनतम् १० कित्तादेखि अधिकतममा ५० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ। आवेदन दिन अन्तिम मिति साउन २९ गते रहेको छ ।

    कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ 


    images

    Logo