images
images

विश्वकप फाइनल हेर्ने क्रममा भक्तपुरको झडपमा घाईते कार्कीको मृत्यु


  • 156
    SHARES
  • २०८३ श्रावण ५ गते मंगलबार

    विश्वकप फाइनल हेर्ने क्रममा भक्तपुरको झडपमा घाईते कार्कीको मृत्यु

    भक्तपुर । विश्वकप फाइनल हेर्ने क्रममा भक्तपुरमा भएको झडपमा परेर घाईते भएका एक जनाको मृत्यु भएको छ । भक्तपुरको घ्याम्पेडाँडास्थित होटलमा विश्वकपको फाइनल हेर्ने क्रममा विवाद हुँदा कुटाकुटमा घाईते भएका बर्दिया घर भएका २६ वर्षीय राज कार्कीको उपचारका क्रममा मृत्यु भएको हो । 

    जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी दीपक कार्कीका अनुसार, कुटपिटबाट गम्भीर घाइते भएका उनको उपचारको क्रममा सोमबारसाँझ मध्यपुर अस्पतालमा मृत्यु भएको हो । सो घटनामा संलग्न भएको आरोपमा प्रहरीले १८ जनालाई पक्राउ गरेर अनुसन्धान अघि बढाएको छ । 

    पक्राउ परेकाहरूमाथि अनुसन्धान अघि बढाइएको बताउँदै प्रहरीले पक्राउ परेकामध्ये घट्नामा संलग्नहरुलाई मात्रै मुद्दा चलाउने तयारी गरेको छ । फुटबल हेर्ने क्रममा मदिरा सेवन गरेर झडप भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको बताइएको छ । 


    images

    Logo