काठमाडौं । नेपाली बजारमा आज सुनको मुल्य सामान्य घटेको छ भने चाँदीको मुल्य सामान्य बढेको छ ।आजका लागि तय गरेको मूल्य अनुसार सुनको मूल्य प्रतितोला १ लाख ९९ हजार २०० पुगेको छ ।
शुक्रबार सुन तोलाको अहिलेसम्मकै उच्च एक लाख ९८ हजार ४ सयमा कारोबार भएको छापावाला सुन आज तोलामा २ सयले घटेर १ लाख ९९ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै, आज चाँदीको मूल्य सामान्य बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ५ रुपैयाँले बढेर २३३० रुपैयाँमा कारोबार भइरहेको छ ।