images
images

४० प्रतिशतले बढ्यो लक्ष्मी सनराइज बैंकको नाफा, अन्य सूचक कस्तो छ ?


  • 548
    SHARES
  • २०८२ श्रावण २९ गते बिहीबार

    ४० प्रतिशतले बढ्यो लक्ष्मी सनराइज बैंकको नाफा, अन्य सूचक कस्तो छ ?

    काठमाडौं । लक्ष्मी सनराइज बैकको नाफा बडेको छ । बैंकले आर्थिक वर्षको असार मसान्तसम्ममा ४ अर्ब ११ करोड नाफा कमाएको छ ।  गत वर्ष यस्तो नाफा २ अर्ब ९२ करोड रुपैयाँ रहेको थियो । यो गतवर्षको तुलनामा ४०.९७ प्रतिशत बढि हो । 

    सो अवधिमा बैंकको खुद ब्याज आम्दानी ११ अर्ब ३७ करोड रुपैयाँ रहेको छ भने बैंकको कुल सञ्चालन आम्दानी १४ अर्ब ६४ करोड रुपैयाँ रहेको छ । सो अवधिमा बैंकको इम्पेरमेन्ट चार्ज ३ अर्ब ५८ करोड रुपैयाँबाट घटेर १ अर्ब १८ करोड रुपैयाँमा आएको छ । असार मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा ३ अर्ब ५३ लाख रुपैयाँ रहेको  बैंकले जनाएको छ ।

    सो अवधिमा  बैंकको जगेडा कोषमा २१ अर्ब ९ करोड रुपैयाँ सञ्चित छ। असार मसान्तसम्ममा बैंकको निक्षेप संकलन ३ खर्ब ६७ अर्ब रुपैयाँ रहेको छ भने कर्जा लगानी २ खर्ब ७५ अर्ब रुपैयाँ रहेको छ।

    सो अवधिमा बैंकको प्रतिशेयर आम्दानी १६ रुपैयाँ ९१ पैसा रहेको छ ।   त्यस्तै। बैंकको प्रतिशेयर नेटवर्थ १८६ रुपैयाँ ६३ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात १४.१२ गुणा रहेको छ।


    images

    Logo