काठमाडौं । जोशी हाइड्रोपावरको हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले साउन १५ गतेदेखि हकप्रद शेयर निष्काशन गरेको थियो ।
कम्पनीले हाल कायम चुक्ता पूँजीको ६५ प्रतिशत अर्थात हाल कायम अर्थात कम्पनीले हाल कायम १ कित्ता शेयर बराबर नयाँ ०.६५ कित्ता अनुपातमा हकप्रद शेयर निष्काशन गर्न लागेको हो।
कम्पनीले २४ करोड १४ लाख १० हजार रुपैयाँबराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका २४ लाख १४ हजार १ सय कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ।
कम्पनीले उक्त हकप्रद निष्काशनका लागि असार ८ गते बुक क्लोज गरिसकेको छ । जस अनुसार असार ५ गतेसम्म कायम शेयरधनीले मात्र कम्पनीको हकप्रदमा आवेदन दिन सक्ने छन् ।
कम्पनीले शेयर हकप्रद शेयर निष्काशन तथा विक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल रहेको छ ।


