काठमाडौं । नाडा अटो मोबाइल्स एसोसिएशन अफ नेपालको अध्यक्षमा ध्रुव थापा विजयी भएका छन् । बिहीबार भएको निर्वाचनमा थापाले अर्का प्रतिस्पर्धी करण चौत्ररीलाई ६६ मतले पराजित गरेका हुन् । विजयी थापाले १ हजार ४ सय १३ मत प्राप्त गर्दा चौधरीले १ हजार ३ सय ४७ मत प्राप्त गरे ।
थापा निर्वाचित भए पनि कार्यसमितिमा चौधरी प्यानलकै बहुमत देखिएको छ । सदस्यहरुमामा चौधरी समूहका १२ जना र थापा समूहका ५ जना निर्वाचित भएका छन् ।
मतपरिणाम अनुसार चौधरीको प्यानलबाट मिलनबाबु मल्लले १४६५, अनुपकुमार मल्लले १४६३, राजनबाबु श्रेष्ठले १४५७, सुरेन्द्र कुमार उप्रेतीले १४३२, सुनिल रिजालले १४०२, अभिक ज्योतीले १३८३, प्रकाश कपुरीले १३७९, विक्रम सिंहानियाले १३७१, गोपाल भट्टराईले १३६५, नीलमणि पाठकले १३५४, वरदान बस्नेतले १३५० र पंकज अग्रवाल १३३४ मत प्राप्त गरी विजयी भएका छन् ।
थापाको प्यानलबाट निराकर श्रेष्ठले १३६४, यमुना श्रेष्ठले १३५५, कपिल शिवाकोटीले १३४८, प्रदीपमान प्रधानले १३४६ र आकाश गोल्छाले १३३९ मत प्राप्त गरेका छन् ।
संस्थागततर्फ यसअघि नै मोहनबाबु खड्का, तेज नारायण साह, सुभाष आचार्य, पुष्करराज अोझा, गणेशप्रसाद भट्टराई, सुदेशकुमार श्रेष्ठ र भद्र भण्डारी निर्विरोध भइसकेका छन् ।


