images
images

दुई कम्पनीको शेयरमूल्य समायोजन, कति पुग्यो नयाँ मूल्य ?


  • 541
    SHARES
  • २०८२ आश्विन ८ गते बुधबार

    दुई कम्पनीको शेयरमूल्य समायोजन, कति पुग्यो नयाँ मूल्य ?

    काठमाडौं । नेप्सेले २ कम्पनीको शेयर मूल्य समायोजन गरेको छ । मंगलवार कामना सेवा विकास बैंक र युनिभर्सल पावर कम्पनीको शेयरमूल्य समायोजन भएको हो।

    कामना सेवा विकास बैंकले घोषणा गरेको १० प्रतिशत बोनश शेयर पछि मुल्य समायोजन भएको हो । समायोजन पछि कम्पनीको मुल्य ४ सय ७७ रुपैयाँ ७३ पैसा कायम भएको छ सो कम्पनीको अन्तिम कारोवार मूल्य ५ सय २५ रुपैयाँ ५० पैसामा भएको थियो । 

    त्यस्तै, युनिभर्सल पावर कम्पनीको ९ प्रतिशत बोनश शेयरपछि आज मूल्य समायोजन भएको छ । समायोजन पछि कम्पनीको मुल्य ३ सय ८० रुपैयाँ २८ पैसा कायम भएको छ सो कम्पनीको अन्तिम कारोवार मूल्य ४ सय १४ रुपैयाँ ५० पैसा भएको थियो । 

    मुल्य समायोजन पछि कायम हुने नयाँ मुल्यको आधारमा बुधबार ती कम्पनीको शेयर कारोबार सुरु हुनेछ ।


    images

    Logo