काठमाडौं , नेपाल ल्यूब आयलको मूल्य समायोजन भएको छ । नेप्सेले कम्पनीको २० प्रतिशत बोनसमा मूल्य समायोजन गरेको हो ।
समायोजनपछि कम्पनीको शेयर मूल्य प्रतिकित्ता २ सय ४४ रुपैयाँ ३३ पैसा तोकिएको छ । सो कम्पनीको अन्तिम कारोबार २ सय ९३ रुपैयाँ २० पैसामा भएको थियो ।
नेप्सेका अनुसार अब बजार खुल्दा कम्पनीको समायोजित मुल्यलाई आधार मानेर सो कम्पनीको कारोबार खुल्नेछ ।