images
images

किरेइ कस्मे जापानको नयाँँ बानेश्वरमा स्टोर, अभिनेत्री स्वस्तिमा खड्काले गरिन् उद्घाटन


  • 543
    SHARES
  • २०७८ मंसिर २६ गते आइतबार

    किरेइ कस्मे जापानको नयाँँ बानेश्वरमा स्टोर, अभिनेत्री स्वस्तिमा खड्काले गरिन् उद्घाटन

    काठमाडौं । जापानी कस्मेटिक्स ब्रान्डको सामानका लागि काठमाडौंमा नयाँ स्टोर खुलेको छ । १ सय ३६ वर्ष पुरानो र जापानमा निकै जापानको लोकप्रिय रहेको मोमोतानी र मेशोकु ब्राण्डलाई लाफिङ यति ट्रेडिङ प्रा.लिले नेपालमा भित्र्याएको हो । स्किन केयर र सौन्दर्य सामाग्रीको बिक्रीका लागि सो कम्पनीले काठमाडौंको नयाँ बानेश्वरमा स्टोर सञ्चालन गरिएको हो । आइतबार अभिनेत्री स्वस्तिमा खड्काले सो शोरुमको उद्घाटन गरेकी छिन्। 

    मोमोतानी जुनतेन्कान ले १८८५ मा बिगन्सुइ नामको एक्ने केयर उत्पादनसँगै आफ्नो उत्पादनको शुरुवात गरेको थियो र पछि यसले अन्य स्किन केयर सामाग्रीहरुको उत्पादन गर्न थालेको थियो । जापानकी साम्राज्ञीले समेत यही ब्राण्डको उत्पादन प्रयोग गर्थिन् । हाल यी ब्राण्डका उत्पादन विश्वका २५ देशमा बिक्री हुने गरेको जनाइएको छ ।  यसका उत्पादनहरुमा एक्नि केयर, स्किन केयर, मेक–अप र हेयर केयरहरु आदि छन् । यी सबै उत्पादनहरु जापानमै बनेका हुन् । 

    लाफिङ यतिले नयाँँ बानेश्वर र पुल्चोकमा जापानिज भेराइटी स्टोर खाइमोनो र सिभिल मलमा टच–मी जापान पनि सन्चालन गर्दै आइरहेको छ । खाइमोनोमा सम्पूर्ण घरायसी सामानहरु, सजावटका सामानहरु, जापानीज् सौन्दर्य प्रसाधनहरु र अन्य उपयोगी सामानहरु उपलब्ध छन् भने टच मीमा महिला पुरुष दुवैको लागि ब्रान्डेड ब्यागहरु उपलब्ध छन् ।

    टच मीमा महिला तथा पुरुष दुवैको लागि अन्य एसेसरिज पनि चाँडै उपलब्ध हुनेछन् । यहाँँ पाइने सम्पूर्ण सामानहरु जापानमै त्यहीँको गुणस्तर मापदण्ड अनुसार उत्पादित हुन्छन् । लाफिङ यती अन्तरराष्ट्रिय कम्पनीमा काम गर्दै त्यहाँको ज्ञान र अनुभव नेपालमा हस्तान्तरण गर्दै युवा सशक्तिकरण एवम् महिला सशक्तिकरणद्वारा नेपालमै सक्षम युवा नेतृत्व उत्पादन गर्ने अभिप्रायले नेपाली युवाद्वारा स्थापित कम्पनी हो । 

    नयाँ शोरुमको उद्घाटनसँगै नेपाली महिलाहरुले विश्व–प्रसिद्ध, उच्च गुणस्तरीय र दिगो जापानिज् उत्पादन सहजै प्राप्त गर्नसक्ने विश्वास कम्पनीको छ ।


    images

    Logo