images
images

५८.५५ अंकले घट्यो नेप्से, कति भयो कारोबार ?


  • 207
    SHARES
  • २०८२ आश्विन २१ गते मंगलबार

    ५८.५५ अंकले घट्यो नेप्से, कति भयो कारोबार ?

    काठमाडौं– दशैंको लामो बिदापछि सञ्चालनमा आएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) मंगलबार ५८.५५ अंकले घटेको छ ।

    मंगलबार नेप्सेमा ४ अर्ब ६२ करोड ९० लाख ४२ हजार रुपैयाँको कारोबार हुँदा नेप्से घटेर २६०४.९६ विन्दुमा पुगेको हो । नेप्से घटेसँगै नेप्सेको पुँजीकरण पनि २.१९ प्रतिशतले घटेको छ ।

    मंगलबार नेप्सेमा कारोबार भएका मध्ये २३५ वटा कम्पनीको सेयर मूल्यमा गिरावट आयो भने १६ वटा कम्पनीको सेयर मूल्य वृद्धि भयो । त्यस्तै, एउटा कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ ।

    आज नेप्सेमा सेन्चुरी डिबेन्चर २०८८ को कारोबार गर्नेले सबैभन्दा धेरै मुनाफा आर्जन गरेका छन् भने भूगोल इनर्जीको सेयर बिक्रीकर्ताले सबैभन्दा धेरै गुमाए । मंगलबारको सेयर कारोबारमा सबै उपसमूह नकारात्मक बन्न पुगेको छ ।


    images

    Logo