images
images

नेप्से ७८.८३ अंकले घट्यो, ६ अर्ब ७० करोडको कारोबार


  • 181
    SHARES
  • २०८२ आश्विन २६ गते आइतबार

    नेप्से ७८.८३ अंकले घट्यो, ६ अर्ब ७० करोडको कारोबार

    काठमाडौं । नेप्सेमा आज पहिरो गएको छ । आइतबार नेप्से ७८.८३ अंकले घटेर नेप्से २५०३.३५ विन्दुमा पुगेर रोकिएको छ ।

    आज ३२४ कम्पनिका एक करोड ४३ लाख ६४ हजार ६८२ कित्ता शेयर ६ अर्ब ७० करोड ७२ लाख ४५ हजार २६६ मा कारोबार भएको थियो । आज सबै क्षेत्रको शेयर घटेको छ ।

    आज नेपाल माइक्रो इन्सुरेन्स कम्पनिको सेयर सबैभन्दा बढी ६.०१ प्रतिशतले बढेको छ भने पन्चकन्या माई हाइड्रोको शेयर ४.९० प्रतिशतले बढेको छ । त्यस्तै आज बुटवल पावरको शेयर मुल्य सबैभन्दा बढी ९.२७ प्रतिशतले घटेको छ ।

    त्यस्तै आज सबै भन्दा बढी नेपाल रिइन्सुरेन्स कम्पनिको ३८ करोड ७ लाख र एनएलजी इन्सुरेन्सको ३७ करोड १७ लाख बराबरको कारोबार भएको छ ।


    images

    Logo