काठमाडौं । मुक्तिनाथ विकास बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले गत वर्षको नाफाबाट शेयरधनीहरुलाई चुक्ता पूँजीको १३.५३ प्रतिश बोनश शेयर र कर प्रयोजनका लागि ४.६७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
सो प्रयोजनका लागि कम्पनीले असोज ३१ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । यस अनुसार आज सम्म कायम भएका शेयरधनीहरुले मात्र कम्पनीको साधारण सभामा सहभागि हुन र कम्पनीले वितरण गर्ने लाभांश लिन पाउनेछन् ।
उक्त कम्पनीको वार्षिक साधारणसभा कात्तिक १५ गते, होटल पोखरा ग्राण्ड, पार्दी, विरौटा, पोखरमा बिहान १० बजे बस्नेगरी बोलाएको छ ।