images
images

३ महिनामा भित्रियो ३५ अर्ब १३ करोड वैदेशिक लगानी प्रतिवद्धता


  • 386
    SHARES
  • २०८२ कार्तिक ६ गते बिहीबार

    ३ महिनामा भित्रियो ३५ अर्ब १३ करोड वैदेशिक लगानी प्रतिवद्धता

    काठमाडौं । चालु आर्थिक वर्षको पहिलो तीन महिनामा ३५ अर्ब रुपैयाँभन्दा बढीको वैदेशिक लगानी प्रतिवद्धता आएको छ । उद्योग विभागका अनुसार साउनदेखि असोज मसान्तसम्म ३११ वटा उद्योगमा ३५ अर्ब १३ करोड ७७ लाख ८६ हजार रुपैयाँ बराबरको प्रतिवद्धता भित्रिएको हो ।

    तीमध्ये सात वटा ठूला, चार वटा मध्यम र ३०० वटा साना उद्योगमा प्रत्यक्ष वैदेशिक लगानीको प्रतिवद्धता प्राप्त भएको विभागले जनाएको छ । असोज महिनामा मात्रै ७५ साना उद्योगका लागि दुई अर्ब चार करोड ५७ लाख ३२ हजार रुपैयाँ बराबरको लगानी प्रतिवद्धता आएको छ ।

    अहिलेसम्म विभागमा कुल ७ हजार ५५० वटा उद्योगका लागि खर्ब ८६ अर्ब ५५ करोड ९९ लाख रुपैयाँ बराबरको प्रत्यक्ष वैदेशिक लगानी स्वीकृत भइसकेको छ ।

    पछिल्लो तीन महिनाको विवरणअनुसार, उद्योग संख्याका आधारमा सबैभन्दा धेरै सूचना प्रविधि क्षेत्रले १६२ उद्योगका लागि १५ करोड ३७ लाख ३२ हजार रुपैयाँको प्रतिवद्धता आकर्षित गरेको छ । तर, रकमका हिसाबले भने पर्यटन क्षेत्र अगाडि रहेको छ, जहाँ १०३ उद्योगका लागि एक अर्ब ४६ करोड रुपैयाँ बराबरको लगानी प्रतिवद्धता प्राप्त भएको छ ।


    images

    Logo