काठमाडौं । दरमखोला हाइड्रो इनर्जीको आईपीओ नेप्सेमा सूचीकृत भएको छ । बुधबार नेप्सेले सो कम्पनीको आईपीओ सूचीकृत गरेको हो ।
उक्त कम्पनीको कुल १ करोड ३ लाख ५ हजार कित्ता आईपीओ सूचीकृत भएको छ । नेप्सेले सो कम्पनीको पहिलो दिनको कारोबारका लागि न्युनतम मूल्य १ सय ४२ रुपैयाँ ८१ पैसा तोकिएको छ भने अधिकतम ४ सय २८ रुपैयाँ ४३ पैसा ओपनिङ रेञ्च तोकेको छ ।
उक्त शेयर नेप्सेमा सूचीकृत भएसँगै दोस्रो बजारमा कारोबारका लागि योग्य भएको छ ।