images
images

नेप्से ४.१५ अंकले घट्यो, ४ अर्ब ५१ करोडको कारोबार


  • 279
    SHARES
  • २०८२ कार्तिक २४ गते सोमबार

    नेप्से ४.१५ अंकले घट्यो, ४ अर्ब ५१ करोडको कारोबार

    काठमाडौँ । नेप्सेमा आज सामान्य गिरावट आएको छ । सोमबार नेप्से ४.१५ अंकले घटेर २५६१.९४ विन्दुमा पुगेर रोकिएको छ ।

    आज ३२७ कम्पनिका ८६ लाख ४७ हजार ८८९ कित्ता शेयर ४ अर्ब ५१ करोड ४४ लाख ८ हजार २३६ मा कारोबार भएको थियो । आज होटल्स, हाइड्रो, लगानी र ट्रेडिङ क्षेत्र बाहेक सबै क्षेत्रको शेयर मुल्य घटेको छ ।


    आज दारम खोला हाइड्रो, सागर डिस्टिलरी र बुङ्गल हाइड्रोको शेयर ९.९९ प्रतिशतले बढेको छ भने माबिलुंग इनर्जीको शेयर ९.९८ प्रतिशतले बढेको छ ।  त्यस्तै आज उन्नति सहकार्य लघुवित्तको शेयरमा नकारात्मक सर्किट लागेको छ ।   


    त्यस्तै आज सबै भन्दा बढी एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको ४८ करोड ८८ लाख कारोबार भएको छ भने युनियन हाइड्रोको २५ करोड ७८ लाख बराबर कारोबार भएको छ ।


    images

    Logo