काठमाडौं । सोलु हाइड्रोपावर लिमिटेडले आईपीओ निष्काशनका लागि नेपाल धितोपत्र बोर्डको अनुमति पाएको छ । मंगलबार बोर्डले सो अनुमति दिएको हो ।
कम्पनीले २० प्रतिशत हुन आउने प्रतिकित्ता १ सय रुपैयाँका दरले २ करोड कित्ता शेयर निष्कासन गर्न अनुमति पाएको छ । कम्पनीको बिक्री प्रबन्धकमा नबिल इन्भेस्टमेन्ट र हिमालयन क्यापिटल रहेका छन्।