images
images

५.१५ अंकले घट्यो नेप्से, ३ अर्ब ८९ करोडको कारोबार


  • 316
    SHARES
  • २०८२ कार्तिक ३० गते आइतबार

    ५.१५ अंकले घट्यो नेप्से, ३ अर्ब ८९ करोडको कारोबार

    काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सेयर कारोबारको पहिलो दिन ५.१५ अंकले घटेको छ । आइतबार नेप्सेमा ३ अर्ब ८९ करोड ३९ लाख ७५ हजार रुपैयाँ बराबरको कारोबार हुँदा नेप्से घटेर २५४०.५७ विन्दुमा पुगेको हो । 

    आज नेप्से घट्दा १६८ वटा कम्पनीको सेयर मूल्यमा गिरावट आयो भने ७४ वटा कम्पनीको सेयर मूल्य वृद्धि भयो । तर, आजको कारोबारमा १४ वटा कम्पनीको सेयर मूल्य भने स्थिर रह्यो ।

    आइतबार सागर डिस्टिलरीको सेयर बिक्रीकर्ताले सबैभन्दा धेरै नाफा कमाए भने भूगोल इनर्जी डेभलपमेन्टको सेयर बिक्रीकर्ताले सबैभन्दा धेरै गुमाए । आज नेप्से घट्दा होटेल तथा पर्यटन र अन्य समूहको उपसूचक बाहेक सबै उपसमूहको उपसूचक राताम्य भयो ।


    images

    Logo