images
images

नेप्से परिसूचकमा दोहोरो अङ्कको वृद्धि, कारोबार रकममा पनि वृद्धि


  • 180
    SHARES
  • २०८२ मंसिर २ गते मंगलबार

    नेप्से परिसूचकमा दोहोरो अङ्कको वृद्धि, कारोबार रकममा पनि वृद्धि

    काठमाडौं ।  नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक १५ दशमलव ७० अङ्कले बढेर दुई हजार ५६६ दशमलव ०७ बिन्दुमा कायम भएको हो ।

    आज ३४५ कम्पनीको ९२ लाख ५५ हजार ४५७ कित्ता शेयर ५५ हजार २७७ पटक खरिदबिक्री हुँदा रू ४ अर्ब १० करोड ५४ लाख छ हजार १३४ बराबरको कारोबार भएको छ ।
    आजको कारोबारमा सबै समूहको उपसूचक बढेको छ ।

    सागर डिस्टिलरी लिमिटेड, मबिलिङ इनर्जी लिमिटेड, बुँगल हाईड्रो लिमिटेड र झापा ईनर्जी लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै गुमाउनेमा भने एभरेस्ट बैंक लिमिटेड डिबेन्चरको शेयर मूल्य तीन दशमलव ५४ प्रतिशतले घटेको छ ।

    कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै सहास ऊर्जा लिमिटेडको सबैभन्दा धेरै रू २२ करोड ९१ लाख ६६ हजार ९१६ बराबरको शेयर कारोबार भएको छ । कारोबार भएका शेयर संख्याका आधारमा भने बरुण हाइड्रोपावर कम्पनी लिमिटेडको चार लाख ५० हजार ५९५ कित्ता शेयर किनबेच भएको छ ।


    images

    Logo