images
images

दुई कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन


  • 213
    SHARES
  • २०८२ मंसिर ४ गते बिहीबार

    दुई कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

    काठमाडौं । दुई कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। आज सोल्टी होटल र साहस उर्जाको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो।

    सोल्टी होटलले मंसिर ५ गतेदेखि २८ गतेसम्म बुकक्लोज गर्दैछ भने साहस उर्जाले मंसिर ५ गते एक दिनका लागि बुकक्लोज गर्दैछ। यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले यी कम्पनीहरुको साधारण सभामा सहभागिता जनाउन तथा यी कम्पनीहरुले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

    सोल्टी होटलले हाल कायम चुक्ता पूँजीको १५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनाका लागि १६.५७८९ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ । 

    त्यस्तै, साहस उर्जाले हाल कायम चुक्ता पूँजीको २१ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ १.१०५३ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ । 


    images

    Logo