काठमाडौं । नेप्सेले दुई कम्पनीको शेयरमूल्य समायोजन गरेको छ । नेप्सेमा सोल्टी होटल र साहस उर्जाको शेयरमूल्य समायोजन भएको हो।
सोल्टी होटलले घोषणा गरेको १५ प्रतिशत बोनश शेयर पछि मुल्य समायोजन भएको हो । समायोजन पछि कम्पनीको मुल्य ४ सय ४७ रुपैयाँ ८७ पैसा कायम भएको छ सो कम्पनीको अन्तिम कारोवार मूल्य ६४ सय ४६ रुपैयाँमा रहेको थियो ।
त्यस्तै,साहस उर्जाको २१ प्रतिशत बोनश शेयरपछि आज मूल्य समायोजन भएको छ । समायोजन पछि कम्पनीको मुल्य ५ सय ५५ रुपैयाँ ३७ पैसा कायम भएको छ सो कम्पनीको अन्तिम कारोवार मूल्य ६ सय ७२ रुपैयाँमा भएको थियो ।
मुल्य समायोजन पछि कायम हुने नयाँ मुल्यको आधारमा आइतबार ती कम्पनीको शेयर कारोबार सुरु हुनेछ ।