images
images

नेप्से ९.६१ अंकले बढ्यो, कारोबार रकममा पनि सामान्य वृद्धि


  • 215
    SHARES
  • २०८२ मंसिर १० गते बुधबार

    नेप्से ९.६१ अंकले बढ्यो, कारोबार रकममा पनि सामान्य वृद्धि

    काठमाडौं । साताको चौथो कारोबारको दिन नेप्से परिसूचक ९.६१ अंकले बढेर २६६५.६० विन्दुमा रोकिएको छ।

    यसअघि मंगलबार नेप्से परिसूचक ५.३२ अंकले बढेर २६५५.९९ अंकमा रोकिएको थियो। आजको बजारमा सेन्सेटिभ इन्डेक्स १.६४ अंकले बढेको छ। फ्लोट इन्डेक्स ०.५४ अंकले बढेको छ भने सेन्सेटिभ फ्लोट इन्डेक्स ०.४९ अंकले बढेको छ।

    मंगलबार ५ अर्ब ८२ करोड रुपैयाँभन्दा बढिको कारोबार भएको बजारमा यस दिन कूल ३ सय २२ स्टकको ६ अर्ब ६९ करोड २९ लाख ७१ हजार रुपैयाँ बराबरको एक करोड ३६ लाख २० हजार कित्ता सेयर किनबेच भएको छ। यो किनबेच ९१ हजार ७ सय ५ पटकको कारोबारमा भएको हो।

    यसदिन ४ वटा कम्पनिको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। झापा इनर्जी लिमिटेड,सागर डिस्टिलरी स्वस्तिक लघुवित्त र श्रिनगर एग्रिटेक इन्डस्ट्रिको सेयर मूल्य १० प्रतिशतले बढेको हो।

    त्यसैगरी ,रिभरफल्स पावर र महिला लघुवित्तको सेयर पनि ९ प्रतिशत भन्दा धेरैले बढेको छ। आज बोटर्लस नेपालको सेयर मूल्यमा सबैभन्दा धेरै गिरावट आएको छ। यस कम्पनिको सेयर प्रति कित्ता ३.९४ प्रतिशतले घटेर १६ हजार २ सय ५० मा अन्तिम कारोबार भएको छ।

    यस्तै उन्नती सहकार्य लघुवित्तको सेयर मूल्य पनि प्रतिकित्ता ३.८१ प्रतिशतले घट्दै १७ सय ४० रुपैयाँमा अन्तिम कारोबार भएको छ।

    आजको कारोबारमा एनआरएन इन्फ्राइन्स्टक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको सेयर सबैभन्दा बढि कारोबार भएको छ। यस्तै,सिभम सिमेन्ट,हिमालयन डिस्टिलरी,बन्दीपुर केवलकार र हिमालयन रिइन्स्योरेन्सको सेयर सबैभन्दा धेरै कारोबार भएको छ।


    images

    Logo