काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकको शेयरमूल्य समायोजन भएको छ । नेप्सेले बैंकको ५ प्रतिशत बोनस शेयर समायोजन गरेको हो।
समायोजन पश्चात बैंकको शेयर मूल्य ३ सय ८६ रुपैयाँ ४८ पैसा कायम भएको छ। बैंकको अघिल्लो दिन अन्तिम कारोबार ४ सय ५ रुपैयाँ ८० पैसामा भएको थियो।
समायोजन पश्चात सोही मूल्यलाई आधार मानेर आज दोस्रो बजारमा बैंकको कारोबार खुल्नेछ।