काठमाडौं । दुई कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । सोमबार लक्ष्मी सनराइज बैंक र कालिञ्चोक दर्शनको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो ।
लक्ष्मी सनराइज बैंकले हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.५३ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ ।
त्यस्तै, कालिञ्चोक दर्शनले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ ।
यी दुई कम्पनीले भोली अर्थात पुस १ गते बुकक्लोज गर्दैछन्। यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले यी दुई कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा यी कम्पनीहरुले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।