काठमाडौं । नेपाल एसबिआई बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले गत वर्षको नाफाबाट शेयरधनीहरुलाई चुक्ता पूँजीको ४ प्रतिशत बोनस शेयर कर प्रयोजनका लागि समेत ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
सो प्रयोजनका लागि कम्पनीले पुस ४ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । यस अनुसार आजसम्म कायम भएका शेयरधनीहरुले मात्र कम्पनीको साधारण सभामा सहभागि हुन र कम्पनीले वितरण गर्ने लाभांश लिन पाउनेछन् ।
उक्त कम्पनीको वार्षिक साधारणसभा पुस १८ गते हुने भएको छ ।