काठमाडौं । रिज लाइन इनर्जी लिमिटेडले पुस १३ गतेदेखि आईपीओ जारी गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ निष्कासन गर्न लागेको हो ।
कम्पनीले जारी पुँजी १ अर्ब १८ करोड ५० लाख रुपैयाँको २२ प्रतिशत बराबरको २६ करोड ७ लाख रुपैयाँको २६ लाख ७ हजार कित्ता सेयर निष्काशन गर्नका लागि अनुमति पाएको कम्पनीले यसपटक ११ करोड ८५ लाख रुपैयाँ बराबरको ११ लाख ८५ हजार कित्ता आयोजना प्रभावित र स्थानीयका लागि जारी गर्न लागेको हो ।
त्यस्तै, सर्वसाधारणका लागि छुट्याइएको सेयरको १० प्रतिशतले हुन आउने १ लाख ४२ हजार २०० कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरिनेछ। सेयरमा न्यूनतम १० कित्ता र अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सकिनेछ।
स्थानीयका लागि आवेदन छिटोमा पुस २८ गते र ढिलामा माघ १२ गतेसम्म खुला रहने छ भने र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छिटोमा पुस १७ गते र ढिलोमा पुस २८ गतेसम्म खुला रहनेछ।


