काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह राष्ट्रिय मानव अधिकार आयोग पुगेर बयान दिएका छन् ।
राष्ट्रिय मानव अधिकार आयोगका प्रवक्ता टिकाराम पोखरेलले आयोगले भदौ २३ र २४ गतेको घटनावारे अनुसन्धान गरिरहेको र त्यसक्रममा कतिपय व्यक्तिहरुलाई बोलाएर सोधपुछ गरिएको बताए ।
आयोगले आन्दोलनको सन्दर्भमा कुरा राख्न भन्दै बालेनलाई बोलाएको थियो ।