काठमाडौं । दुई कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । मंगलबार साना किसान विकास लघुवित्त वित्तीय संस्था र एनएमबि बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो ।
साना किसान विकास लघुवित्त वित्तीय संस्थाले हाल कायम चुक्ता पूँजीको १४.२५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.७५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ ।
त्यस्तै, एनएमबि बैंकले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि समेत ५ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ ।
यी दुई कम्पनीले भोली अर्थात पुस ९ गते बुकक्लोज गर्दैछन्। यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले यी दुई कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा यी कम्पनीहरुले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।


