images
images

रिलायन्स स्पिनिङ्ग मिल्सको आईपीओ बाँडफाँट, भाग्यमानी १८ जनाले पाए ५१ कित्ता


  • 523
    SHARES
  • २०८२ पौष १८ गते शुक्रबार

    रिलायन्स स्पिनिङ्ग मिल्सको आईपीओ बाँडफाँट, भाग्यमानी १८ जनाले पाए ५१ कित्ता

    काठमाडौं । रिलायन्स स्पिनिङ्ग मिल्सको आईपीओ बाँडफाँट भएको छ ।कम्पनीले सर्वसाधारणका लागि निष्काशन गरेको आईपीओ आज बाँडफाँट गरेको हो ।

    आईपीओमा मागभन्दा बढी आवेदन परेका कारण गोलाप्रथा मार्फत बाँडफाँट गरिएको हो । आईपीओमा आवेदन दिएका मध्ये १८ हजार ४९५ जना आवेदकले ५० कित्ताका दरले सेयर पाएका छन् । भाग्यमानी१८ जनाले भने थप १ कित्ता सहित ५१ कित्ताका दरले सेयर हात पारेका छन् ।

    कम्पनीले पुस ७ देखि ११ गतेसम्म प्रतिकित्ता ८२०।८० रुपैयाँका दरले ९ लाख २४ हजार ७६८ कित्ता सेयर निष्काशन गरेको थियो । जसमा ५ लाख ३२ हजार ८८८ जनाले २ करोड ७२ लाख १५ हजार १०० कित्ताका लागि आवेदन दिएका थिए । आवेदन दिनेमध्ये १३ हजार ८४२ आवेदन रद्द भएका छन् भने ५ लाख १९ हजार ४६ आवेदन सद भएको छ ।

     

     


    images

    Logo