images
images

नेप्से १३ दशमलव ३५ अङ्कले घट्यो, कारोबार रकम पनि घट्यो


  • 151
    SHARES
  • २०८२ पौष २३ गते बुधबार

    नेप्से १३ दशमलव ३५ अङ्कले घट्यो, कारोबार रकम पनि घट्यो

    काठमाडौं ।  नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक १३ दशमलव ३५ अङ्कले घटेर दुई हजार ६३५ दशमलव ९५ को बिन्दुमा कायम भएको छ ।

    आज ३२३ कम्पनीको एक करोड छ लाख ३३ हजार ७१७ कित्ता शेयर ७२ हजार ४७४ पटक खरिदबिक्री हुँदा रु पाँच अर्ब १७ करोड ५० लाख ९१ हजार ९९१ दशमलव ६० को कारोबार भएको छ । आजको कारोबारमा वित्त र व्यापार समूहको उपसूचक सामान्य बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ ।

    आज सबैभन्दा बढी नारायणी डेभलपमेन्ट बैङ्क लिमिटेडका छ दशमलव शून्य आठ प्रतिशतले बढेको छ भने सबभन्दा बढी एसवाई प्यानल नेपाल लिमिटेडको शेयर मूल्य आठ दशमलव ४५ प्रतिशतले घटेको छ ।


    images

    Logo