काठमाडौं । सालपा विकास बैंकले आईपीओ बाँडफाँटको मिति तय गरेको छ । कम्पनीको आईपीओ शुक्रबार बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलको कार्यालयमा बाँडफाँट गरिने भएको छ ।
कम्पनीको आइपीओमा अन्तिम दिन सम्ममा २३ लाख ८३ हजार ४०७ जना आवेदबाट २ करोड ७८ लाख ८४ हजार ५७० कित्ता शेयरका लागि आवेदन परेको छ । कम्पनीको आईपीओमा माग भन्दा बढी आवेदन परेकोले गोलाप्रथाबाट १० कित्ताका दरले शेयर वितरण गरिने कम्पनीले जनाएको छ । जसअनुसार १ लाख ४३ हजार ९१७ जनाले मात्र उक्त शेयर पाउने भएका छन् । बाँकी २२ लाख ३९ हजार भन्दा बढी आवेदकको हात भने खाली हुने देखिएको छ।
कम्पनीले सर्वसाधारणका लागि कुल १४ लाख ३९ हजार १७९ कित्ता शेयर निष्कासन गरेको थियो।