images
images

निरन्तर नयाँ रेकर्ड राख्दै सुनचाँदीको मूल्य, आज तोलामा १५ सयले बढ्यो


  • 190
    SHARES
  • २०८२ पौष ३० गते बुधबार

    निरन्तर नयाँ रेकर्ड राख्दै सुनचाँदीको मूल्य, आज तोलामा १५ सयले बढ्यो

    काठमाडौं । सुनको भाउ अहिलेसम्मकै उच्च भएको छ । आज सुन तोलामा एकैदिन १ हजार ५ सय रुपैयाँले बढेर तोलाको २ लाख ७८ हजार रुपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको २ लाख ७६ हजार ५ सय रुपैयाँ थियो ।

    यस्तै आज चाँदीको भाउ पनि अहिलेसम्मकै उच्च भएको छ । आज चाँदी तोलामा ३ सय १५ रुपैयाँले बढेर तोलाको ५ हजार ६ सय ५५ रुपैयाँमा कारोवार भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको ५ हजार ३ सय ४० रुपैयाँ थियो ।

     


    images

    Logo