images
images

वीरगञ्ज हुँदै ४८ अर्ब १० करोडको निर्यात


  • 170
    SHARES
  • २०८२ माघ ८ गते बिहीबार

    वीरगञ्ज हुँदै ४८ अर्ब १० करोडको निर्यात

    वीरगञ्ज (पर्सा) । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा ४८ अर्ब १० करोड मूल्यका वस्तु तथा सामान विदेशी मुलुक निर्यात भएको छ । 

    गत आवको छ महिनाको तुलनामा चालु आवको सोही अवधिमा यो नाका हुँदै ५२ प्रतिशत अर्थात  १६ अर्ब ४३ करोड बढीको निर्यात भएको छ । 

    गत आवको छ महिनाको अवधिमा भने ३१ अर्ब ६७ करोड मूल्य बराबरका वस्तु तथा सामान विदेशी मुलुकमा निर्यात भएको थियो । वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टले गत आवको छ महिनाको तुलनामा चालु आवमा यहाँबाट हुने निर्यात ५२ प्रतिशतले बढेको बताए। 

    चालु आवको छ महिनामा २५ अर्ब ४२ करोड मूल्यको भटमासको तेल प्रशोधित निर्यात भएको छ ।  तीन अर्ब ४८ करोड मूल्य पर्ने फलफूलको जुस र तीन अर्ब ५५ करोड मूल्य पर्ने सूर्यमुखीको प्रशोधित तेल निर्यात भएको छ ।
     
    त्यस्तै, दुई अर्ब २५ करोड मूल्यको प्रशोधित पाम तेल निर्यात भएको  छ । त्यस्तै एक अर्ब ७८ करोड मूल्य पर्ने विभिन्न किसिमका कपडा निर्यात भएको छ ।


    images

    Logo