काठमाडौं । भुजुङ्ग हाइड्रोपावर लिमिटेडको आईपीओ आजदेखि निष्काशन हुँदैछ। कम्पनीले दोस्रोचरणमा सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो।
कम्पनीले जारी पूँजी १ अर्ब रुपैयाँको २० प्रतिशत अर्थात २० करोड रुपैयाँ बराबरको २० लाख कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो । यसमध्ये १० लाख कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा १ लाख कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि यसअघि नै निष्काशन भइसकेको छ ।
अब कम्पनीले कर्मचारीका लागि २० हजार कित्ता र सामूहिक लगानी कोषका लागि ५० हजार कित्ता शेयर सुरक्षित राखी बाँकी ८ करोड ३० लाख रुपैयाँ बराबरको ८ लाख ३० हजार कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गर्न लागेको हो ।
आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सकिनेछ । सो निष्काशन छिटोमा माघ १५ गते र ढिलोमा माघ २६ गते बन्द हुने कम्पनीले जनाएको छ ।
आईपीओको निष्काशन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेड रहेको छ ।


