images
images

नेपाली बजारमा लन्च भयो बेनेलीको १२५ सीसी प्रिमियम स्कुटर प्यानेरिया १२५ ईएफआई


  • 623
    SHARES
  • २०७८ पौष ९ गते शुक्रबार

    नेपाली बजारमा लन्च भयो बेनेलीको १२५ सीसी प्रिमियम स्कुटर प्यानेरिया १२५ ईएफआई

    काठमाडौं – नेपाली बजारमा बेनेलीको प्रिमियम स्कुटर प्यानेरिया १ सय २५ लन्च भएको छ । आज आयोजित एक कार्यक्रमका बीच सो स्कुटर सार्वजनिक गरिएको हो । यससँगै बेनेली अब प्रिमियम स्कुटर सेगमेन्टमा प्रवेश गरेको छ । 

    इटालीको एक आइल्यान्डको नामबाट यो स्कुटरको नाम ‘प्यानेरिया’ राखिएको हो । प्यानेरिया १ सय २५ ईएफआई एड्भान्स्ड मोडर्न फिचरले भरिएको क्लासिक लुकमा उपलब्धनियो–रेट्रो कम्बिनेसनको स्कुटर हो । यसमा ईएफआई अर्थात इलेक्ट्रोनिक फ्युलइन्जेक्सन सहितको नोवल सिंगल सिलिन्डर एयरकुल्ड १ सय २४ सीसीको इन्जिन छ, जसले ७ हजार ५ सय आरपीएममा ८.५ पीएसको पावर र ६ हजार आरपीएममा ९.२ एनएम टर्क जेनेरेट गर्छ । 

    यसमा ड्युअल पिस्टन क्यालिपर सहितको ९० एमएम ट्राभल र १ सय ९० एमएम डिस्क ब्रेकिङ सिस्टम सहितको फ्रन्ट सस्पेन्सन छ भने टेलिस्कोपिक आयल ड्याम्पन्ड क्वाइल स्प्रिङ सहितको रियर सस्पेन्सन छ । यसमा १२ इनच आल्मुनियम अलोय रिममा १००/९०–१२ र ११०/९०–१२ ट्युबलेस टायर छ । 

    यो स्कुटरमा १२ इन्चको ह्विल, लेदर फिनिस्ड गरिएको आरामदायी सिट, ड्युअल पिस्टन क्यालिपर सहितको फ्रन्ट डिस्क ब्रेक, किल स्विच, हजार्ड लाइट र कम्फर्टेबल एलईडी लाइट सेटलगायतका विभिन्नप्रिमियमफिचर उपलब्ध छन् । 
    यसमा मुनलाइट रिफ्लेक्सन सहितको डिजिटल ड्यासबोर्ड र एनालग ओडोमिटरको कम्बिनेसन भएको ड्यासबोर्ड छ । यसमा विभिन्न जानकारी सहजतरिकाले पाउन सकिन्छ । 

    प्यानेरिया १ सय २५ ईएफआई स्कुटर ह्वाइट, ब्ल्याक, ब्लु र येल्लो गरी विभिन्नचार कलरमा उपलब्ध छ भने यसको मूल्य ३ लाख ३४ हजार ९ सय रुपैयाँ तोकिएको छ । बेनेलीले सन् १९७० पश्चातपहिलो पटक यस प्रकारको रेट्रो स्कुटर बजारमाल्याएको र नेपालमा समेत भित्रिएको हो । सन् १९११ मा इटालीको पेसारोमा टेरेसा बोनी बेनेली परिवारले यो कम्पनीको स्थापना गरेको थियो । त्यस यता सबै राइडरलाई लक्ष्यित गरी विभिन्न सेगमेन्टका मोटरसाइकल र स्कुटर कम्पनीले उपलब्ध गराइरहेको छ । 

    नेपाली बजारमा केटीएम इन्टरनेसनलले बेनेली ब्रान्डका मोटरसाइकल र स्कुटर बिक्री–वितरण गरिरहेको छ ।


    images

    Logo