images
images

सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?


  • 105
    SHARES
  • २०८२ चैत्र २४ गते मंगलबार

    सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

    काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । आज सुन तोलामा ४ सय रुपैयाँले बढेर २ लाख ९१ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    आइतबार सुन तोलामा २ लाख ९१ हजार चार सय रुपैयाँमा कारोबार भएको थियो । 

    यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी ४० रुपैयाँले बढेर चार हजार ८२० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । आइतबार चाँदी चार हजार ७८० रुपैयाँमा कारोबार भएको थियो । 


    images

    Logo