images
images

अवदेखि शुक्रबार पनि सेयर कारोवार हुने


  • 128
    SHARES
  • २०८२ चैत्र २५ गते बुधबार

    अवदेखि शुक्रबार पनि सेयर कारोवार हुने

    काठमाडौं । शुक्रबार पनि सेयर कारोवार हुने भएको छ। नेपाल स्टक एक्सचेन्जको सञ्चालक समिति वैठकले चैत २३ गतेबाटै लागु हुने गरेर शुक्रबार पनि सेयर वजार खोल्ने निर्णय गरेको हो ।  

    यो निर्णयसंगै अवदेखि सेयर कारोवार सोमबारदेखि शुक्रबारसम्म सञ्चालन हुनेछ । सरकारले शनिबार र आइतबार सरकारी कार्यालय र शैक्षिक संस्थामा बिदा दिने निर्णय गरेपछि सोही अनुसार बजारको कारोबार तालिका मिलाइएको हो। 

    हाल सार्वजनिक बिदा परेको समय बाहेक आइतबारदेखि बिहीबारसम्म साताको पाँच दिन सेयर कारोबार हुँदै आएको छ। यसअघि पनि शनिबार र आइतबार सार्वजनिक बिदा हुँदा शुक्रबार पनि सेयर कारोबारका लागि बजार खुल्ने गरेको थियो। 

    यसअघि २०७९ जेठदेखि सातामा दुई दिन बिदा दिइएको थियो। तर, सार्वजनिक बिदाको यो निर्णय तत्कालीन शेरबहादुर देउवा सरकारले एक महिनामै फिर्ता लिएको थियो।
     
    आइतबार बसेको मन्त्रिपरिषदको बैठकले कार्यालय अवधि समेत ९ बजेदेखि सुरू हुने निर्णय गरेको छ। नेप्सेको कार्यालय समय पनि ९ बजेदेखि ५ बजेसम्म तोकिएको छ।


    images
    images

    Logo