images
images

खनिजजन्य उद्योगबाट उठ्यो दुई अर्ब १४ करोड राजस्व


  • 131
    SHARES
  • २०८२ चैत्र २८ गते शनिबार

    खनिजजन्य उद्योगबाट उठ्यो दुई अर्ब १४ करोड राजस्व

    काठमाडौं । खनिजजन्य उद्योगबाट रु दुई अर्ब १४ करोड राजस्व असुली भएको छ । यो रकम गत आर्थिक वर्ष र चालु आवको प्रथम आठ महिनाको हो ।

    खानी तथा भूगर्भ विभागका अनुसार  चुनढुङ्गा, रातोमाटो, धातु, पत्थरलगायतका खनिजजन्य वस्तुको उत्खनन अनुमति तथा अनुमतिपत्र नवीकरणबाट उक्त रकम सङ्कलन भएको हो । 

    गत आवमा विभागले चुनढुङ्गा, टुर्मालिन, टल्क, क्वार्ज, काइनाइट, मार्बल, फलाम, जिङ्क, क्वार्जजाइट, म्याग्नेसाइट, डोलोमाइट, तामा उत्खननको अनुमति दिएको थियो । 


    images

    Logo