images
images

देशकै सबैभन्दा अत्याधुनिक पेट्रोल पम्प सञ्चालनमा, कस्तो छ सुविधा ?


  • 817
    SHARES
  • २०७८ पौष २१ गते बुधबार

    देशकै सबैभन्दा अत्याधुनिक पेट्रोल पम्प सञ्चालनमा, कस्तो छ सुविधा ?

    काठमाडौं । नेपाल आयल निगमले निर्माण गरेको मुलुककै सबैभन्दा ठूलो र सुविधासम्पन्न पेट्रोल पम्प सञ्चालनमा आएको छ । नेपालगञ्जको मुख्य राजमार्ग छेउको ११ कठ्ठा क्षेत्रफलमा निर्माण गरिएको उक्त पम्पको बुधबार निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले एक कार्यक्रमबीच उद्घाटन गरेका हुन् । 

    4.jpg

    १ लाख ७ हजार लिटर क्षमताको उक्त पम्पमा ७५ हजार लिटर डिजेल र ३२ हजार लिटर क्षमताको पेट्रोल ट्यांक रहेको छ । सोमध्ये ३ वटा २५÷२५ हजार लिटर क्षमताका तीनवटा डिजेल ट्यांक र १६÷१६ हजार लिटरका दुईवटा पेट्रोल ट्यांक छन् । 

    यो पम्पमा कति तेल बाँकी छ भन्ने कम्युटरबाटै थाहा हुन्छ । यो प्रविधिका कारण तेल समयमै अर्डर गर्न सजिलो हुने भएकोले तेल सकिएर इन्धन नै नभरी फर्कनुपर्ने अवस्था अन्त्य हुने कार्यकारी निर्देशक पौडेलको भनाइ छ । अर्कोतर्फ पम्पमा कुन सवारी साधनमा कति तेल भरियो भन्ने सजिलै देखिने भएकोले यसबाट ग्राहक आफूले प्राप्त गरेको तेलको परिमाणबारे विश्वस्त हुन सक्ने समेत उनको भनाइ छ । 

    1.jpg

    पेट्रोल तथा डिजेलको वितरणका लागि सो पम्पमा ३ वटा डिस्पेन्सिङ मेसिन रहेको छ । जसमध्ये २ वटा डिजेल र ३ वटा पेट्रोलका छन् । यसले धेरै गाडीहरुमा समेत छिटै तेल भर्न सकिन्छ । त्यस्तै, पम्पमा जडान गरिएको अर्थिङ सिस्टमले पम्पमा आगलागीको सम्भावनालाई समेत कम गर्ने जनाइएको छ । 

    यो पम्पलाई निगमले नमूना पम्पको रुपमा आफ्नै स्वामित्वमा सञ्चालनमा ल्याएको छ । निगमले यसअघि भैरहवामा पनि नमूना पम्प सञ्चालनमा ल्याएकाे थियो । तर, यो पम्प भैरहवाको भन्दा पनि बढी सुविधायुक्त छ । 

    6.jpg

    8.jpg

    7.jpg


    images

    Logo