images
images

५  हजार ६ सयले बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुदैँछ आजको कारोबार ?


  • 149
    SHARES
  • २०८३ जेठ १५ गते शुक्रबार

    ५  हजार ६ सयले बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुदैँछ आजको कारोबार ?
    काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुन तोलामा ५  हजार ६ सय र चाँदी १७५ ले बढेको हो ।
     
    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला  दुई लाख ९० हजार ६०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु पाँच हजार ४० कायम भएको छ । हिजो बिहीबार छापावाल सुनको मोल प्रतितोला दुई लाख ८५ हजार र त्यति नै परिमाणको चाँदी चार हजार ८६५ कायम भएको थियो ।
     
      गत बुधबार छापावाल सुनको मोल प्रतितोला दुई लाख ९० हजार ५०० र त्यति नै परिमाणको चाँदी पाँच हजार ८० मा कारोबार भएको थियो । 
     
    अन्तरराष्ट्रिय सञ्चारमाध्यमका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार ५०० र त्यति नै परिमाणको चाँदी ७७ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।


    images

    Logo