images
images

कक्षा १२ को नतिजा प्रकाशित,  कुन ग्रेडमा कति उतिर्ण ?


  • 185
    SHARES
  • २०८३ आषाढ ५ गते शुक्रबार

    कक्षा १२ को नतिजा प्रकाशित,  कुन ग्रेडमा कति उतिर्ण ?

    भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा अर्थात् कक्षा १२ को परिक्षाफल प्रकाशित गरेको छ । शुक्रबार बिहान सार्वजनिक गरेको नतिजा अनुसार, नियमतितर्फ ६९.७५ विद्यार्थी ग्रेडेड भएका छन् । 

    बोर्डको परिक्षामा ३ लाख ३२ हजार २४१ जना परीक्षामा सहभागी भएका थिए । जसमा २ लाख ३१ हजार ७७० जना ग्रेडेड भएका छन् भने १ लाख ४७१ जना ननग्रेड भएका छन् । प्रकाशित नतिजा अनुसार, ३.६१ देखि ४ जीपीए ल्याउनेको संख्या १७ हजार ७८६ जना रहेको छ । 

    त्यसैगरी ३.२१ देखि ३.६० जीपीए ल्याउनेको संख्या ६४ हजार ८२१ जना रहेका छन् ।त्यस्तै २.८१ देखि ३.२० सम्म ९४ हजार २४९ जना विद्यार्थी रहेको परिक्षा नियन्त्रण कार्यालयले जनाएको छ। त्यसैगरी २.४१ देखि २.८० सम्म जीपीए ल्याउनेको संख्या ५० हजार ५९७ जना रहेको छ ।

    त्यस्तै  २.०१ देखि २.४० जीपीए ल्याउनेको संख्या ४ हजार ३०८ र १.६१ देखि २ सम्म जीपीए ल्याउनेको संख्या ९ जना रहेको छ । आंशिकतर्फ ८५ हजार ९२९ जना विद्यार्थी सहभागी भएकामा ३६ हजार ४२० जना ग्रेडेड भएको परिक्षा नियन्त्रण कार्यालयले जनाएको छ । 

    आंशिकतर्फ ग्रेडेड हुने  ४२.३८ प्रतिशत रहेका छन् । समग्रमा नियमति र आंशकि गरी ४ लाख १८ हजार १७० जना विद्यार्थीले परीक्षा दिएका थिए । नियमित र आंशिक जोड्दा भने ग्रेडेड प्रतिशत ६४.१३ प्रतिशत रहेको कार्यालयले जनाएको छ ।नियमिततर्फ ३० र आंशिकतर्फ १० गरी ४० जनाको परीक्षा रद्द गरिएको जनाइएको छ ।

    ppy.jfif

     


    images

    Logo