images
images

सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?


  • 140
    SHARES
  • २०८३ आषाढ ९ गते मंगलबार

    सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

    काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलामा एक हजार ६ सय रुपैयाँले घटेर २ लाख ८७ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    सोमबार सुन तोलामा २ लाख ८८ हजार सात सय रुपैयाँमा कारोबार भएको थियो । 

    यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलामा १४० रुपैयाँले घटेर चार हजार ५९० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । सोमबार भने चाँदी तोलामा चार हजार ७३० रुपैयाँमा कारोबार भएको थियो । 


    images

    Logo