images
images

सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?


  • 122
    SHARES
  • २०८३ आषाढ २३ गते मंगलबार

    सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

    काठमाडौँ ।  नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलामा एक हजार चार सय रुपैयाँले घटेर दुई लाख ८८ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

    सोमबार भने सुन तोलामा दुई लाख ८९ हजार चार सय रुपैयाँमा कारोबार भएको थियो । 

    यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलामा ३० रुपैयाँले घटेर तोलामा ४ हजार ५५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । सोमबार चाँदी तोलामा ४ हजार ५८५ रुपैयाँमा कारोबार भएको थियो । 


    images

    Logo